
← कार्यक्रमहरू
बायरोईथमा साहित्यिक कार्यक्रम सम्पन्न २०८१ असार २२ गते, शनिबार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनी च्याप्टरद्वारा बायरोईथमा आयोजित साहित्यिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा स्थानीय नेपाली समुदाय, सर्जक, साहित्यप्रेमी तथा अतिथिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। जर्मनी च्याप्टरका वरिष्ठ उपाध्यक्ष लीलाराज कार्की, डा. यज्ञराज अधिकारी तथा बायरोईथवासी नेपाली समुदायको सक्रिय सहभागिता र सहकार्यले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
यस कार्यक्रमले जर्मनीका विभिन्न स्थानमा रहेका नेपाली सर्जक तथा साहित्यप्रेमीहरूबीच साहित्यिक संवाद, आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्यो।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहभागी, सहयोगी र शुभेच्छुकहरूप्रति अनेसास जर्मनी च्याप्टर हार्दिक आभार व्यक्त गर्दछ।
