
भर्चुअल साहित्यिक सन्ध्या सम्पन्न २०८१ वैशाख ९ गते, आइतबार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनी च्याप्टरले नेपाली भाषा तथा साहित्यप्रेमीहरूबीच सिर्जनात्मक संवाद र साहित्यिक सान्निध्यलाई निरन्तरता दिने उद्देश्यले “भर्चुअल साहित्यिक सन्ध्या” आयोजना गर्यो।
भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा नेपाली भाषा तथा साहित्यप्रति अनुराग राख्ने सर्जक तथा साहित्यप्रेमीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। सहभागी सर्जकहरूले आफ्ना कविता, गजललगायत विविध साहित्यिक रचनाहरू वाचन गर्दै कार्यक्रमलाई सिर्जनात्मक र ओजपूर्ण बनाउनुभएको थियो। भौगोलिक दूरीका बाबजुद नेपाली भाषा र साहित्यका माध्यमबाट सर्जक तथा साहित्यप्रेमीहरूलाई एउटै मञ्चमा जोड्ने प्रयासका रूपमा आयोजित यस साहित्यिक सन्ध्याले आपसी साहित्यिक संवाद, सिर्जना आदानप्रदान तथा सम्बन्ध विस्तारका लागि महत्वपूर्ण अवसर प्रदान गर्यो। कार्यक्रमलाई व्यवस्थित तथा सफल रूपमा सम्पन्न गर्न भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण अतिथि, कार्यक्रम सञ्चालक, संयोजक, सर्जक, साहित्यप्रेमी तथा प्राविधिक सहयोगीहरूप्रति अनेसास जर्मनी च्याप्टर हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
